पप्पु कन्सट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पूर्जी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पप्पु कन्सट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पूर्जी


९ आश्विन २०७५, मंगलबार


काठमाडौं । पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पूर्जी जारी गरिएको छ । जिल्ला अदालत रौतहटले पक्राउ पूर्जी जारी गरेको हो।

भदौ ९ गते रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनाको बारेमा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई बोलाइएको थियो । पटकपटक सम्पर्कमा आउन अनुरोधगर्दा पनि सम्पर्कमा नआएपछि पक्राउ पूर्जी जारी गरिएको जनाइएको छ ।

निर्माण कम्पनीको लापरवाहीका कारण स्थानियले अकालमै ज्यान गुमाउनु परेको थियो । स्थानीयले लापरवाही गर्ने पप्पु कन्सन्ट्रक्सनविरुद्ध मुद्दा दायर गरेका थिए ।

अध्यक्ष रौनियार संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारका छोरा हुन्।

प्रतिक्रिया दिनुहोस