काठमाडौं । सरकारले आइतबारदेखि लागु हुने गरी ट्याक्सी भाडामा वृद्धि गरेको छ।
यातायात व्यवसायी र सरकारबीच शनिबार भएको सहमति अनुसार यातायात व्यवस्था विभागले ट्याक्सी भाडा बढाउने निर्णय गरेको हो।
विभागले हालको भाडामा १० प्रतिशत वृद्धि गरेको छ। विभागका अनुसार प्रतिकिलोमिटर यात्रामा लाग्ने ३५ रुपैयाँ भाडालाई बढाएर ३९ रुपैयाँ पुर्याएको छ।
भाडा वृद्धि भएसँगै ट्याक्सी चढ्ने यात्रुले अब एक किलोमिटर यात्रामा ५३ रुपैयाँ तिनुपर्ने बताइएको छ ।







