जनअपेक्षाअनुसार कार्य गर्न नसके अर्को पटक जनताले नेकपालाई पत्याउँदैनन् : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जनअपेक्षाअनुसार कार्य गर्न नसके अर्को पटक जनताले नेकपालाई पत्याउँदैनन् : अध्यक्ष प्रचण्ड


८ आश्विन २०७५, सोमबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिले जनअपेक्षाअनुसार कार्य गर्न नसके अर्को पटक जनताले नेकपालाई नपत्याउने बताएका छन् ।

जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभामा बोल्दै उनले नेकपालाई विकासका कार्य गर्न नसके अर्को निर्वाचनमा नेकपा पछि पर्ने बताए । अत्यधिक बहुमत हुँदा पनि जनआंकाक्षा अनुसार काम गर्न नसकिए जनता नेकपाको पक्षमा नरहेने र जनचाहना बुझ्न नसके पार्टी पछाडि पर्ने बताए ।

जिल्ला समन्वय समितिको कार्यक्षेत्राधिकार अन्योलमा रहेको बताउँदै उनले जिल्ला विकास समिति राख्ने वा हटाउने विषयमा मतभेद भए तापनि अन्ततः जिसस गठन गर्ने विषयमा सहमति भएको स्मरण गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस