२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली

अ+ अ-

न्युयोर्क । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई उपयोग गरिने बताएकाक छन् । उनले जनताको समृद्धि र खुशीका प्रयासमा थप अन्तर्राष्ट्रिय समर्थन जुटाउन र राष्ट्र सङ्घलाई जनतासँग थप सम्बन्धित बनाउन महासभाको अधिवेशन उपयोगी हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् र उनको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी रहेका छन् ।

मन्त्री ज्ञवाली नेपालमा निकै लामो सङ्घर्षपछि प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान निर्माण गरिएको र त्यसलाई कार्यान्वयन गर्न तीन तहको निर्वाचन भएको उल्लेख गरे । उनले मुुलुक राजनीतिक स्थायित्वको नयाँ युगमा प्रवेश गरिरहेको र यस अवस्थामा नेपालले हासिल गरेका उपलब्धि सरकारले विश्वसमक्ष प्रस्तुत गर्न चाहेको धारणा व्यक्त गरे।

मन्त्री ज्ञवालीले नेपालको युगान्तकारी परिवर्तनमा राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय समुदाय सबैको सद्भाव रहेको र नेपाल सरकारले यस उपलब्धिलाई नेपाली जनताको आर्थिक जीवनसँग जोड्न चाहेको बताए । उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा नेपालका मित्रहरूलाई बुझाउने, यसमा पनि उनीहरूको साथ र समर्थन जुटाउने र त्यसलाई प्राप्त गर्न आग्रह गर्न राष्ट्र सङ्घको महासभालाई उपयोग गर्ने उद्देश्य राखिएको छ भने।

राष्ट्र सङ्घकै विषयमा सोधिएको एक प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले यस विश्व संस्थाको भूमिकाकै विषयमा नयाँ सोच र नारा अगाडि सारिएको र यसलाई सबै जनतासँग सम्बन्धित बताउन शान्त, समतापूर्ण र दिगो विकासयुक्त समाज निर्माण गर्न सबैले आफ्नो स्थानबाट काम गरून् भन्ने यस महासभाको नारा भएको उल्लेख गरे । उनले राष्ट्र सङ्घलाई समायनुकूल बनाउनुपर्छ भन्ने विषय नेपालले धेरै अगाडिदेखि उठाउँदै आएको जानकारी दिए।

मन्त्री ज्ञवालीले दिगो विकासको योजनाको १२ वर्ष बाँकी रहेको, त्यसलाई प्राप्त गर्न विशेष प्राथमिकताका साथ कार्य गर्न नसकिएको र युद्धमा भएका खर्चको निकै सानो भाग मात्र स्वास्थ्य तथा शिक्षामा खर्च हुने गरेको बताए । उनले महासभाको अधिवेशनबीच विभिन्न मुलुकका सरकार प्रमुखसँग हुने भेटघाट तथा छलफल नेपालको कूटनीतिक सम्बन्ध विस्तार गर्न उपयोगी हुने ठानिएको उल्लेख गरे ।

मन्त्री ज्ञवालीले बहुपक्षीयतासम्बन्धी र मानव जातिले भोगेको समस्या समाधान गर्न साझा र समन्वयात्मक प्रयासको खाँचो भएको बताए । उनले बहुपक्षीयतामाथि विभिन्न प्रश्न उठाइएको, वस्तु, सेवा र आवागमनमा विभिन्न अवरोध सिर्जना हुन थालेको र विश्वव्यापीकरणलाई उल्ट्याउन केही मुलुकले संरक्षणवादी नीति बनाएर लाद्न खोजेको उल्लेख गरे। उनले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता, मानव अधिकार परिषद् र विश्व व्यापार सङ्गठन जस्ता बहुपक्षीय प्रयासलाई कमजोर पार्ने प्रयास भएको उदाहरण दिए ।

उनले हाल संयुक्त राष्ट्र सङ्घको भूमिकामा प्रश्न उठाउन थालिएको र विकासोन्मुख मुलुकलाई विकसित देशले दिएको योगदान कटौती हुँदै गएको बताए । उनले यी समस्या समाधान गर्न, संयुक्त राष्ट्र सङ्घको भूमिका प्रभावकारी बनाउन र बहुपक्षीयताका कुरालाई बहुपक्षीय, क्षेत्रीय र विश्वव्यापी रूपमा उठाउन नेपालले चाहेको छ भने । रासस