प्रधानसेनापतिबाट दुर्इ उपरथीलाई दर्ज्यानी चिह्न प्रदान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानसेनापतिबाट दुर्इ उपरथीलाई दर्ज्यानी चिह्न प्रदान


८ आश्विन २०७५, सोमबार


काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा पदोन्नति भएका दुर्इ उपरथीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

उपरथी दर्जामा बढुवा भएका रघु भण्डारी र नरेशचन्द्र भट्टलाई आइतबार जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापति थापाले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

साथै उपरथीमा पदान्नति भएका भण्डारीलाई श्री संभाररथीको कार्यालय र नरेश चन्द्र भट्टलाई व्यवस्था नीति तथा योजना महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस