बृद्धि गरिएको भाडादर फिर्ता गर्न माग गर्दै नेविसंघ आन्दोलित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बृद्धि गरिएको भाडादर फिर्ता गर्न माग गर्दै नेविसंघ आन्दोलित


७ आश्विन २०७५, आइतबार


काठमाडौं । सरकारले प्रेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुका साथै सार्वजनिक यातायातको भाडा दरमा दश प्रतिशतले बढाएको विरोधमा नेपाल विद्यार्थी संघ आन्लोलित बनेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले एक विज्ञप्ति जारी गर्दै भोलीबाट विहान ९ बजेदेखि १० बजेसम्म देशभरका क्याम्पस अगाडि चक्का जाम गर्ने घोषणा गरेका छन् । तीन दिनसम्म बिहान देश भरिका क्याम्पस अगाडि चक्का जाम गरिने र त्यति गर्दा पनि आफुहरुका माग सुनुवाई नभए आन्दोलनलाई थप शसक्त बनाइने नेविसंघले जनाएको छ ।

दशैंको मुखैमा आएर एकै चोटी दश प्रतिशत सार्वजनिक यातायातको भाडा बढायर सरकारले जनताको ढाड सेक्ने काम गरेको नेविसंघको आरोप छ । प्रत्यक चिजमा महंगी बढ्दै जानुले सरकार अलोकतान्त्री बन्दै गएको भान भएको नेविंघको ठहर छ ।

कर बृद्धि र महंगीले थिलथिलो बनेको जनजीवन पेट्रोलियम पदार्थको मूल्य बृद्धि र यातायातको भाडादर बृद्धिले झनै कस्टकर बनेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस