सभापतिमा निरादेवी जैरु निर्विरोध निर्वाचित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सभापतिमा निरादेवी जैरु निर्विरोध निर्वाचित


७ आश्विन २०७५, आइतबार


काठमाडौं । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा सांसद निरादेवी जैरु निर्विरोध निर्वाचित भएकी छन् ।

समितिको आजको बैठकमा सांसद गणेशसिंह ठगुन्नाले सभापतिमा जैरुको नाम प्रस्ताव गरेका थिए । प्रस्तावलाई सांसद प्रभु साहले समर्थन गरेका थिए। बैठकको अध्यक्षता गरेका सांसद राधेश्याम अधिकारीले समितिको सभापतिमा जैरु निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । नवनिर्वाचित सभापति जैरुले समितिको जिम्मेवारी निर्वाह गर्न पनि सबैको साथ पाउने विश्वास व्यक्त गरिन् । सङ्घीय संसद् संयुक्त बैठक र संयुक्तसमिति (कार्य सञ्चालन) नियमावली २०७५ अनुसार समितिमा १५ सदस्य रहने व्यवस्था छ ।

प्रतिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीन सदस्यले समितिमा प्रतिनिधित्व गर्ने प्रावधान रहेको संसद् सचिवालय कानून महाशाखा प्रमुख सहसचिव अर्जुनकुमार खड्काले बताए । हाल समितिमा प्रतिनिधिसभाबाट ११ र राष्ट्रियसभाबाट तीन गरी १४ सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस