निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी


७ आश्विन २०७५, आइतबार


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा व्यवसायी रवि सिंह निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसनिकट व्यावसायी मानिन्छन् ।

काठमाडौंमा सम्पन्न महासंघको ११ औं अधिवेशनमा कांग्रेसकै बागी उम्मेदवार निवर्तमान महासचिव रामशरण देउजा, वामगठबन्धननिकट व्यवसायी यज्ञध्वज कार्की र स्वतन्त्र उम्मेदवार पुरुषोत्म मानन्धर अध्यक्षको प्रतिस्पर्धामा थिए ।

सिंहले यसअघि महासंघको केन्द्रीय सदस्य, कोषाध्यक्ष, द्वितिय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको रुपमा संघमा रहेर लामो समयसम्म काम गरिसकेका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक गठबन्धनबाटै निकोलश पाण्डे निर्वाचित भएका छन् । एसोसिएट उपाध्यक्षमा आङदोर्जी लामा, महासचिवमा रोशन दाहाल, नीतिगत उपमहासचिवमा टंकप्रसाद चौलागाई, आन्तरिकतर्फको उपमहासचिवमा नरहरी थपलिया विजयी भएका छन् । कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोसाध्यक्षमा सरस्वती कार्की विजयी भएका छन्।

यस्तै प्रदेश उपाध्यक्ष तर्फ प्रदेश नम्बर १ बाट धिरेन्द्र दाहाल, प्रदेश नम्बर २ बाट सुरेन्द्रप्रसाद सिंह, प्रदेश नम्बर ३ बाट पेम्बा लामा शेर्पा, प्रदेश नम्बर ४ बाट राजेन्द्र पहाडी, प्रदेश नम्बर ५ बाट टोप बहादुर रायमाझी, प्रदेश नम्बर ६ बाट रत्न बहादुर खड्का, प्रदेश नम्बर ७ बाट टेक बहादुर सेटी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस