क्रेनको ठक्करबाट नायब सुब्बाको निधन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

क्रेनको ठक्करबाट नायब सुब्बाको निधन


७ आश्विन २०७५, आइतबार


इलाम । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत कोइरालाको क्रेनको ठक्करबाट मृत्यु भएको छ ।

इलाम सदरमुकामस्थित जिरो किलोमिटरबाट कार्यालय जाने क्रममा झापाको कनकाई नगरपालिकाको सुरुङ्गामा आज बिहान ९ः४५ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना १ क ३७२९ नं.को जेसिबी क्रेनले पछाडिबाट कोइराला चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते कोइरालाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा निधन भएको सुरुङ्गा ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

क्रेनको ठक्करबाट कोइराला चढ्नुभएको मे ५ प ६६६४ नं.को मोटराइकल क्षतविक्षत भएको छ भने क्रेनका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस