२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय समितिमा ६० प्रतिशत नेतृत्व सुखदः उपसभामुख

अ+ अ-

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाका समितिहरुमा ६० प्रतिशत महिलाहरुले नेतृत्व गर्ने अवसर पाउनु सुखद भएको प्रतिक्रिया दिएकी छन् ।

काठमाडौंमा दुई दिनसम्म चलेको महिला कानुन व्यवसायीहरुको २७ औं सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपसभामुख डा. तुम्बाहाङ्फेले राज्यका हरेक निकाय अब समावेशीकरणतर्फ उन्मुख भएको भन्दै खुसी व्यक्त गरिन् । ‘लैंगिक प्रतिनधित्व समानताका आधारमा हुनुपर्छ भन्ने महिला आन्दोलनको उद्देश्य थियो,’ उनले भनिन, ‘विस्तारै व्यवहारमा लागू हुँदै जानु खुसीको कुरा हो ।’

प्रतिनिधिसभाका १० मध्ये ६ वटा समितिमा महिला सांसदहरुले नेतृत्व गरेकी छन् भने भने राष्ट्रिय सभाका ४ मध्ये दुई र २ संयुक्त समितिमध्ये एकमा महिला सांसदको नेतृत्वे छ ।

उपसभामुख डा. तुम्बाहाङ्फेले संविधान कार्यान्वयनका लागि मौलिक हकसँग सम्बन्धित १६ वटा कानुन निर्माण भइसकेको स्मरण गराउँदै कानुन निर्माण प्रक्रियामा सहभागिता जनाउन कानुन व्यवसायी महिलाहरुलाई अपिल गरिन । उनले स्थानीय निकायको न्यायिक समितिको नेतृत्व उपमेयरले पाउनुलाई सुखद अवसर भन्दै त्यसको नेतृत्वमा कानुन व्यवसायी पृष्ठभूमिका महिलाहरुको प्रतिनिधित्व भएको खण्डमा अझै सहज हुने अपेक्षा राखिन् ।

यसैबीच शनिबार नै काठमाडौंमा तेह्रथुम सरोकार समाजले आयोजना गरेको कार्यक्रममा उपसभामुख डा. तुम्बाहाङ्फेले संविधान कार्यान्वयनमा सहयोगी हुन आग्रह गरिन् । ‘सामाजिक संघ संस्थाले संविधान कार्यान्वयनमा सहयोग गर्न सक्छन्,’ उनले विशेष आग्रह गरिन्, ‘तपाईंहरुले पनि आफ्नो ठाउँबाट सहयोग गर्नुहोस् ।’

कार्यक्रममा उपसभामुख डा. तुम्बाहाङ्फेसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल, प्रतिनिधिसभाका सांसदद्वय डा. विजय सुब्बा र भवानी खापुङ तथा प्रदेशसभा सांसदद्वय लक्ष्मण तिवारी र तेजमान कन्दङ्वालाई सम्मान गरिएको थियो ।