जनप्रतिनिधिले प्रदान गरे वर्षभरिको तलवभत्ता असहाय र टुहुरालाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जनप्रतिनिधिले प्रदान गरे वर्षभरिको तलवभत्ता असहाय र टुहुरालाई


६ आश्विन २०७५, शनिबार


धनगढी । कैलालीमा एक जना जनप्रतिनिधिले आफ्नो वर्षभरीको तलवभत्ता असहाय र टुहुराको खर्चका लागि अमर मावि बनबेहडालाई प्रदान गरेका छन् ।

जिल्लाको गौरीगंगा नगरपालिका–६ का वडा सदस्य टेक बहादुर कुँवरले असहाय र टुहुरा बालबालिकालाई बर्षभरिको तलवभत्तामा केहि रकम थप्दै विद्यालयलाई प्रदान गरेका हुन् । नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधि कुँवरले अमर मावि बनबेहडालाई १ लाख २५ हजार हस्तान्तरण गरेका हुन् ।

विद्यालयले सो रकम असहाय र टुहुर बालबालिकाहरु छनौट गर्दै वितरण गर्ने छ । वडा सदस्य कुँवरले राजनीति समाज सेवा भएकाले आफुले पाएको तलव भत्तामा रकम थप्दै असहाय र टुहुरलाई दिएको बताए । उनले असहाय र टुहुर बालबालिकाहरुलाई अध्ययनमा निकै समस्या भएकाले तलवभत्ता वितरण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस