प्रतिनिधिसभाका विषयगत समितिका सभापतिले लिए सपथ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधिसभाका विषयगत समितिका सभापतिले लिए सपथ


५ आश्विन २०७५, शुक्रबार


काठमाडौं । प्रतिनिधिसभाका विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन्।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले १० वटै विषयगत समितिका नवनिर्वाचित सभापतिहरुलाई शुक्रबार अपरान्ह सिंहदरबारमा पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

निर्वाचित सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, महिला तथा सामाजिक समितिको सभापति निरुदेवी पाल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदी, अन्तराष्ट्रिय सम्बन्ध समितिको सभापति पवित्रा निरौला (खरेल), कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति शशी श्रेष्ठ, अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, शिक्षा तथा स्वास्थ्य समितिको सभापति जयपुरी घर्ती र विकास तथा प्रविधि समितिको सभापति कल्याणी खड्काले संयुक्त रुपमा सभामुख महराबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

सपथ ग्रहण समारोहमा प्रतिनिधिसभाका उपसभामुख डा। शिवमाया तुम्बाहाङफे, पूर्व सभामुख सुवास नेम्वाङ, संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायतको उपस्थिति थियो।

शुक्रबार नै बसेको प्रतिनिधिसभा अन्तरगतको विषयगत समितिको छुट्टाछुट्टै बैठकले आ–आफ्ना समितिका सभापति निर्विरोध निर्वाचित गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस