शिक्षकको परीक्षा तयारी पूरा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शिक्षकको परीक्षा तयारी पूरा


५ आश्विन २०७५, शुक्रबार


काठमाडौं । शिक्षक सेवा आयोगले यही असोज ११ गतेदेखि सञ्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ ।

असोज ११ गते माध्यमिक तह, १२ गते निम्नमाध्यमिक तह र १३ गते प्राथमिक तहको परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाइसकेको छ भने प्रश्नपत्र परीक्षा हुनुभन्दा एक दिन अगाडि मात्र पुग्ने आयोगले जनाएको छ ।

परीक्षामा ३४ जिल्लामा एक हजार २३२ परीक्षाकेन्द्र स्थापना गरिएको छ । परीक्षा सञ्चालन गर्नका लागि एक हजार २३२ केन्द्राध्यक्ष र दुई हजार ४६४ सहायक केन्द्राध्यक्षसहित करीब १४ हजार कर्मचारी आवश्यक पर्ने आयोगले बताएको छ ।

परीक्षामा १२ हजार ७३९ पदका लागि करीब दुई लाख ७५ हजार परीक्षार्थी रहेका छन् । प्राविमा एक लाख ५५ हजार, निमाविमा ८१ हजार र माविमा ३९ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस