पेट्रोल–डिजेलमा कोटा, बाइकलाई पाँच–कारलाई १५ लिटरमात्रै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पेट्रोल–डिजेलमा कोटा, बाइकलाई पाँच–कारलाई १५ लिटरमात्रै


५ आश्विन २०७५, शुक्रबार


नेपाल आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको बिक्रीमा कोटा तोकेको छ। ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो ।

नेपाल आयल निगमले नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार विक्री वितरण गर्न पत्राचार गरेको छ ।

निगमका अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल दिन भनिएको छ भने हल्का सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल तोकिएको छ । त्यस्तै डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ । एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिइएको छ ।

पम्पहरुमा उपभोक्ताको लामो लाइन देखिन थालेसँगै इन्धनको हाहाकार मच्चिने त्रासमा धेरैले स्टक गर्न खोजेपछि निगमले वितरण प्रणालीमा नियन्त्रण गरेको आयल निगमले जनाएको छ ।

मुलुकी संहिताको कतिपय प्रावधानले अन्यायमा परेको भन्दै ट्याकंर चालकहरु आन्दोलित भएपछि भारत हुँदै आयात गरिँदै आएको पेट्रोलियम पदार्थको आयात प्रभावित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस