२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अछाममा प्रहरी र चालक बीच झडप

अ+ अ-

बाजुरा । अछामको साँफेबगरमा चालकको आन्दोलनका क्रममा प्रहरी र चालकबीच झडप हुँदा साँफेबगर नगरपालिका–४ का १८ वर्षीय प्रवीण कुँवर घाइते भएका छन् ।

घाइते कुँवरको वयालपाटामा समान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएकोे प्रहरीले जनाएको छ । उनको दायाँ आँखामा चोट लागेको थियो । प्रहरीले हस्तक्षेप गर्दै गोली चलाएको आरोप चालकहरूको थियो ।

मङ्लसेनबाट आएका गाडी साँफे पक्की पुल नजिकै रोकिएपछि गाडी चालक प्रहरीमाथि जाइलागेकाले मङ्गलसेनबाट आफ्नो नेतृत्वमा आएका थप प्रहरी टोलीले हुल नियन्त्रण गर्न पाँच सेल अश्रुग्याँस चलाएको प्रहरी निरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

प्रहरीले गोली चलाएको भन्दै आक्रोशित सवारी चालकले साँफेबगर नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्नाका साथै नगरपालिकाको सवारी साधनमा तोडफोड र बजार बन्द गराएका थिए । प्रहरी निरीक्षक रावतले नगरपालिकाको भवनभन्दा माथिबाट ढुङ्गा र सिसा प्रहार गरेकाले हुललाई शान्त पार्न हवाइफायर गरिएको बताए । ढुङ्गा प्रहारबाट प्रहरी सहायक निरीक्षक र एक प्रहरी जवानसमेत घाइते भएका उनले जानकारी दिए ।

सरकारले सवारी साधन दुर्घटनामा कुनै व्यक्तिको मृत्यु भएमा चालकले १२ वर्ष जेललगायतका सजाय भोग्नुपर्ने गरी कानून ल्याइएको भन्दै चालकले तीन दिनदेखि आन्दोलन गर्दै आएका छन् । चालकले आह्वान गरेको बन्दका कारण बाजुरा, अछामलगायत बाहिरबाट आउने यात्रु बीच बाटोमै अलपत्र परेका छन् भने शिक्षक सेवाको परीक्षा दिन जिल्ला बाहिर जाने परीक्षार्थी पनि समस्यामा परेका छन् । रासस