अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात फर्के यात्रु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात फर्के यात्रु


५ आश्विन २०७५, शुक्रबार


काठमाडौं । दशैँका लागि घर जाने यात्रु टिकट लिन जाँदा नयाँ बस पार्कबाट खाली हात फर्किनु परेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन गएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात फर्कनुपरेको हो ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका अनुसार टिकट लिन नयाँ बसपार्क आएका यात्रु टिकट नपाएपछि फर्किनुपरेको छ। उनले भने “टिकट लिन आएका १०/१५ यात्रु अहिलेसम्म फर्किसकेका छन्”,  ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भदौ ३१ गते असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो । सोहीअनुसार आजदेखि खुल्नुपर्नेमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस