प्रतिनिधिसभाका १० समिति सभापतिमा यी १० को उम्मेदवारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभाका १० समिति सभापतिमा यी १० को उम्मेदवारी


४ आश्विन २०७५, बिहिबार


काठमाडौं । प्रतिनिधिसभाका १० विषयगत समितिको सभापति पदका लागि एकल उम्मेदवारी परेको छ । आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सभापतिका लागि मनोनयन दर्ता समय तोकिएमा दशओटै समितिमा एकल उम्मेदवारी परेको हो ।

प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये ८ वटा समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र एक–एक वटा समितिमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमको उम्मेदवारी परेको छ ।

नेकपाबाट अर्थ समितिमा सांसद कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समितिमा निरुदेवि पाल, राज्य व्यवस्था तथा सुशासन समितिमा शशि श्रेष्ठ, विकास तथा प्रविधि समितिमा कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्तीको एकल उम्मेदवारी परेको भने नेपाली कांग्रेसबाट भरतकुमार शाहको लेखा समितिमा उम्मेदवारी परेको छ । संघीय समाजवादीले उद्योग, वाणिज्य तथा श्रम समितिको सभापतिका लागि विमल श्रीवास्तवको उम्मेदवारी दर्ता गरेको छ ।

योसँगै सबै समितिका सभापति निर्विरोध हुने पक्का भएको छ । सभापतिको औपचारिक घोषणा शुक्रबार निर्वाचन प्रक्रिया मार्फत गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस