एक लाख घुससहित तीन कर्मचारी अख्तियारको फन्दामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एक लाख घुससहित तीन कर्मचारी अख्तियारको फन्दामा


४ आश्विन २०७५, बिहिबार


घुस

वीरगञ्ज । एक लाख घुस रकमसहित तीन जना कर्मचारी अख्तियारको फन्दामा परेका छन् । एक घुस रकमसहित वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृतसहित तीनजनालाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले शिक्षा शाखा अधिकृत ९विद्यालय निरीक्षक० मञ्जुर आलम, प्राविधिक सहायक नायब सुब्बा शशीभुषण प्रसाद साह र अरुण साह पक्राउ गरेको हो ।

फारुक इन्टरनेशनल एकेडेमीको कक्षा १ देखि ५ सम्म अनुमति दिने प्रायोजनका लागि १ लाख घुस लिएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ गरेर घटनाको थप अनुसन्धान थालिएको अख्यिारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस