जोशीलाई महाअभियोग लगाउन नेकपाले थाल्यो हस्ताक्षर संकलन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जोशीलाई महाअभियोग लगाउन नेकपाले थाल्यो हस्ताक्षर संकलन


४ आश्विन २०७५, बिहिबार


काठमाडौं । संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीलाई महाअधियोग लगाउन नेकपाले हस्ताक्षर संकलन थालेको छ ।

संसदीय सुनुवाई विशेष समतिबाट अस्वीकृत जोशी सर्वोच्च फर्केपछि नेकपाले महाअभियोग लगाउने तयारी गरेको हो ।

नेकपाका प्रमुख सचेतक देव गुरुङले संसद भवनमा खालि कागजमा हस्ताक्षर उठाएका छन् भने दलको कार्यालयमा समेत सांसदहरुलाई बोलाएर हस्ताक्षर संकलन गरिएको छ ।

एक तिहाई सांसदको हस्ताक्षर सहित महाअभियोगका लागि प्रस्ताव दर्ता गर्न सकिने संविधानमा व्यवस्था छ । प्रस्ताव दर्ता भएपछि पदमा भएको व्यक्ति निलम्वन हुने छन् ।

प्रतिक्रिया दिनुहोस