संसदीय सुनुवाईबाट अख्तियार प्रमुखमा नवीन घिमिरे अनुमोदन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संसदीय सुनुवाईबाट अख्तियार प्रमुखमा नवीन घिमिरे अनुमोदन


४ आश्विन २०७५, बिहिबार


काठमाडौं । अख्तियार दुरुपयो अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । उनलाई आज संसदीय विशेष सुनुवाई समितिले अनुमोदन गरेको हो ।

घिमिरेले समितिमा प्रस्तुत गरेको अवधारणा र कार्ययोजना तथा उनको योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको बैठकमा आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि कार्ययोजनासहित काम गर्ने तथा सभ्य र भ्रष्टाचाररहित समाज निर्माणका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका थिए । उनले व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा चलाउँदै प्रभावकारी परिणाम निकालिने बताए ।

उनी वि.सं. २०७४ फागुन २ गतेदेखि कायममुकायम प्रमुख आयुक्तका रुपमा आयोगको नेतृत्व सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस