बिचल्लीमा परेका पाँच बालबालिका एसोएसमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बिचल्लीमा परेका पाँच बालबालिका एसोएसमा


४ आश्विन २०७५, बिहिबार


बाजुरा । बडीमालिका नगरपालिका–५ मनागाउँमा बिचल्लीमा परेका पाँच बालबालिकालाई उच्च शिक्षाका लागि काठमाडौं पुर्‍याइएको छ।

बुबा रामबहादुर साउदको क्यान्सरका कारण मृत्यु र आमाले छोडेर अन्तै गएपछि बिचल्लीमा परेका ती बालबालिकालाई एसोएस बालग्रामले पालनपोषण र उच्च शिक्षासम्मको अध्ययनका लागि बुधबार काठमाडौ पुर्‍याइएको हो ।

बेसाहरा बालबालिकाको गाँसबास र कपासका लागि यसअघि समाजसेवी इशा गुरुङले बेलायतबाट विश्वरभरि सहयोगका लागि अभियान चलाएकी थिइन् भने अर्का सामाजसेवी खुशी राईले नेपालमै उनीहरूकै सहयोगका लागि विभिन्न ठाउँमा पहल गर्दै आएका थिए । यसैगरी आर्थिक सहयोगका लागि विभिन्न ठाउँमा समन्वय गरेर रकम सङ्कलन पनि गरिएको थियो ।

तीन वर्षअघि रामबहादुरको क्यान्सरका कारण ४३ वर्षको उमेरमै मृत्यु भएको थियो । श्रीमानकोे मृत्यु भएको १० महिना नपुग्दै श्रीमती बिर्मा अर्कैसँग हिँडेपछि ती बालबालिका बिचल्लीमा परेका थिए । रामबहादुरका पाँच सन्तानमध्ये १३ वर्षीया पार्वती, ११ वर्षीया सोविना, नौ वर्षीया अस्मिता, सात वर्षीय सुवास र ४ वर्षीय रोशन अहिले बालग्राममा छन् ।

बिचल्लीमा परेका पाँच बालबालिकाको पालनपोषणका लागि विभिन्न ठाउँबाट सहयोग स्वरुप सङ्कलन भएको पाँच लाख हस्तान्तरण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस