संविधान दिवसको अवसरमा निशुल्क सिकलसेल परिक्षण सिबिर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संविधान दिवसको अवसरमा निशुल्क सिकलसेल परिक्षण सिबिर


३ आश्विन २०७५, बुधबार


धनगढी । संविधान दिवसको अवसरमा धेरै ठांउमा ताम झामका साथ मनाइए पनि धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले थारु समुदाएमा लाग्ने रोग सिकलसेल एनेमियाको निशुल्क शिविरको आयोजना गरेर मनाएको छ ।

पछिल्लो समयमा थारु समुदायमा देखापरेको सिकलसेल एनेमिया जनस्वास्थ्यको समस्याका रुपमा देखा पर्दै गएपछी निशुल्क सिविरको आयोजना गरेको आयोजक कमिटीका संयोजक महेन्द्र साँउदले बताए । थारु समुदायको मुख्य चुनौतिको रुपमा सिकलसेल एनेमिया रोग रहेको देखापरेको छ ।

बुधबार डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले धनगढी उपमहानगर वडा नम्मर १ पुरानो एरर्पोट शिविरमा बस्दैआएका महिला पुरुष गरी १ सय ३५ जनाको परिक्षण गरेको छ । सिकलसेल थारु समुदायमा पुर्खौदेखिको रोग हो । थारु समुदायमा बंशाणुगत रोग रहेकाकारण यसलाई रोकथामका लागि राज्यले निशुल्क उपचारको व्यवस्था गर्नु प्रर्ने शिविरका भलमन्सा उल्लुराम चौधरी बताउँछन् । उनले यो शिविरको आयोजना गरिएकोमा शुखी व्यक्त गरे । आज गरिएको जाँचको रिपोर्ट केही दिनमा आउने संयोजनक साउँदले बताए ।

प्रतिक्रिया दिनुहोस