निजगढ विमानस्थल निर्माणका क्रममा धेरै रुख काटिनु हुँदैनः नेता कोइराला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निजगढ विमानस्थल निर्माणका क्रममा धेरै रुख काटिनु हुँदैनः नेता कोइराला


३ आश्विन २०७५, बुधबार


काठमाडौँ । नेपाली काँग्रेस नेता डा. शेखर कोइरालाले निर्माणधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा धेरै रुख काट्न नहुने बताएका छन् ।

६ दिनका लागि चीन भ्रमणमा जाने क्रममा आज (बुधवार)त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले विमानस्थल निर्माणका लागि २४ लाख रुख काट्ने खबरले सबैको ध्यान तानेको बताए ।

मधेसमा एकै पटक यति धेरै रूख काट्दा वातावरणीय असर पर्ने भन्दै यसले भयाबह अवस्था सिर्जना गर्ने तर्फ पनि सबै सजग हुनुपर्ने कोइरालाले बताए ।

उनले निजगढ नजिकै सर्लाहीको सागरनाथमा रहेको करिब ३ हजार बिघामा रहेको खाली जग्गामा विमानस्थल बनाइनु उपयुक्त हुने पनि उल्लेख गरे ।

रुख काट्ने र विमानस्थल बनाउने विषयमा बेलैमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनको ठहर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस