प्रहरी खोजीमा रहेका सिके राउतद्वारा मुख्य चोकमै संविधानको बिरोधमा भाषण « प्रशासन
prasaLogo
३ आश्विन २०७५, बुधबार

प्रहरी खोजीमा रहेका सिके राउतद्वारा मुख्य चोकमै संविधानको बिरोधमा भाषण


प्रकाशित मिति : 19 September, 2018 5:09 pm

सिके राउत

जनकपुर । प्रहरीले खोजी गरिरहेका सिके राउतले हजारौं कार्यकर्ताको बीचमा संविधानको विरोधमा अभिव्यक्ति दिएका छन् ।

स्वतन्त्र मधेसको माग गर्दै संविधान दिवसका दिन विभिन्न कार्यक्रम गर्दै आएका राउतले प्रदेश २ को राजधानी जनकपुरको मुख्य चोकमा संविधानको चर्को विरोध गर्दै भाषण गरेका छन् ।

मंगलबार बेलुकीसम्म राउतको खोजी भइरहेको बताएको जनकपुर प्रहरी जनकपुरको ‘रामानन्द चोक’मा राउतले भाषण गर्दै गर्दा मूकदर्शक बनेको छ ।

राउत नेतृत्वको स्वतन्त्र मधेश संगठनले कालो संविधान भन्दै विरोध सभा गरेको हो।

Ck Raut

Tags :
प्रतिक्रिया दिनुहोस