संविधान दिवसमा ८५ कर्मचारी विभूषित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संविधान दिवसमा ८५ कर्मचारी विभूषित


३ आश्विन २०७५, बुधबार


काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले ८५ कर्मचारीलाई विभिन्न पदकबाट विभूषित गरेको छ । विभूषित हुनेमा सचिवदेखि कार्यालय सहयोगीसम्म छन् ।

गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगका सचिव बेगन्द्रराज शर्मा पौड्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजिव गौतम, रक्षा मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदाश वैरागी, वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) बाट विभूषित भएका छन् ।

यस्तै, सोही पदकबाट प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव राजेश्वरमान सिंह, प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव रेश्मिराज पान्डे, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, महालेखापरीक्षकको कार्यालयका उपमहालेखापरीक्षक रामुप्रसाद डोटेल, इन्जिनियर काशेन्द्रप्रसाद यादव विभूषित भएका छन् ।
सरकारले विभिन्न पेशा तथा व्यवसायमा आवद्ध चार सय २१ जनालाई विभिन्न पदकबाट विभूषित गरेको हो ।

हेर्नुस् सूची

&

Tags :
प्रतिक्रिया दिनुहोस