वरिष्ठ नेता नेपाल घाना प्रस्थान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वरिष्ठ नेता नेपाल घाना प्रस्थान


३ आश्विन २०७५, बुधबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिन घाना प्रस्थान गरेका छन् ।

घानाको समाजवादी पार्टीको आयोजनामा हुने सम्मेलनमा ‘साम्राज्यवाद र पूँजीवाद विरोधी’ विषयको कार्यक्रममा सहभागी नेकपाका स्थायी समिति सदस्य पम्फा भुसाल र केन्द्रीय सदस्य बलराम बाँस्कोटासमेत गए राति गएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

सम्मेलन बिहीबार र शुक्रबार हुनेछ । नेता नेपाल यही असोज ९ गते स्वदेश फर्कने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस