मलेसियामा विषाक्त मदिरा सेवनबाट मृतक नेपालीको पहिचान (सूचीसहित) « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृतक नेपालीको पहिचान (सूचीसहित)


३ आश्विन २०७५, बुधबार


मलेसिया र नेपालबीच श्रम सम्झौता

क्वालालम्पुर । मलेसियामा विषाक्त मदिरा सेवन गर्दा मृत्यु भएका ६ जना नेपालीको पहिचान खुलेको छ । मदिरा सेवनबाट १६ जना विरामी परेकमा चार जनाका डिस्चार्ज भएको र अरु उपचाररत रहेको मलेसियास्थित नेपाली राजदुतावासले जनाएको छ ।

मृत्यु हुनेमा बसेरी – ३, धादिङका मिमबहादुर घले, मसिना – ६, रुपन्देहीका रामकुमार यादव, अमरगढी- ५,  डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा -९, सुन्सरी का सन्जय उराव र सिद्धिथुम्का-९,  इलामका बलबहादुर कुलुङ छन् । अर्का मृतक आइत सिंह गोलेको जिल्ला खुल्न सकेको छैन ।

पोष्टमार्टम तथा अन्य अनुसन्धान प्रक्रिया पूरा गरेपछि मृतकको शव सम्बन्धित रोजगारदाताको सहयोगमा पठाउन पहल भइरहेको नेपाली दूतावासले जनाएको छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी नै छ भने विषाक्त मदिराको स्रोतबारे मलेसियन प्रहरीले अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ ।

दूतावासले स्वास्थ्य र सुरक्षामा सतर्क रहन समेत मलेसियामा रहेका नेपालीहरुलाई आहृवान गरेको छ ।

हेर्नुस् सूची

 

प्रतिक्रिया दिनुहोस