एसिड खन्याउदा ६ महिने बालकको अवस्था गम्भिर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एसिड खन्याउदा ६ महिने बालकको अवस्था गम्भिर


२ आश्विन २०७५, मंगलबार


अछाम । एसिड जस्तै केमिकल कोरिसिभ फ्याँकेपछि अछाममा ६ महिने बालक मुस्कान बयक गम्भिर घाइते भएका छन् । अछामको तुर्माखाद गाउँपालिका–४ चिसिका ६ महिनाका बालकमाथि आज बिहान ११ बजेतिर एसिड प्रहार भएको हो ।

छोरालाई सुतायर भैसीलाई पानी खुवाउँदै गरेकी उनकी आमा देवसरा बयकले छोरो रोएको सुनेपछि घर आउँदा एसिड प्रहार भएको बताइन् । आफु र श्रीमान काममा निस्केको मौका छोपी छोरामाथि आक्रमण भएको उनको भनाई छ ।

घटना लगत्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको त्यहाँ उपचार सम्भव नभएपछि कमलबजार, कमलबजारमा पनि उपचार सम्भव नभएपछि जिल्ला अस्पताल त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपाल गञ्ज रिफर गरिएको छ । आक्रमणकारीको खोजी भइरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस