इन्धनको मूल्यवृद्धि फिर्ता नलिए अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इन्धनको मूल्यवृद्धि फिर्ता नलिए अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी


२ आश्विन २०७५, मंगलबार


काठमाडौं । यातायात व्यवसायीहरुले सरकारले सोमबार गरेको इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गरेका छन् । दशैंको मुखैमा गरिएको मूल्यवृद्धि फिर्ता लिन आग्रह गर्दै यातायात व्यवसायीहरुले सरकारले फिर्ता नलिए दशैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी दिएका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता आग्रह गरेको छ ।

महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यद्वारा जारी विज्ञप्तिमा बढेको मूल्य ४८ घण्टाभित्र फिर्ता लिई हिन्दूहरुको महान चाडमा आवतजावत गर्ने उपभोक्ता वर्गलाई सहज रुपमा आवतजावत गर्ने वातावरण सिर्जना गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस