मलेसियामा विषाक्त रक्सी सेवन गर्दा ४ नेपालीसहित सातको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मलेसियामा विषाक्त रक्सी सेवन गर्दा ४ नेपालीसहित सातको मृत्यु


२ आश्विन २०७५, मंगलबार


काठमाडौं । मलेसियामा विषाक्त रक्सी सेवन गर्दा चार नेपालीसहित सात जनाको मृत्यु भएको छ ।

मृत्यृ हुनेमा मलेसियाको राजधानी क्वालालम्पुर नजिकै सेलेङ्गोर सहरमा बस्दै आएका सञ्जय उराव र विशाल बुढाथोकी रहेका छन् भने अन्य दुई नेपालीको पहिचान खुल्न सकेको छैन । यस्ते एक जना भारतीय, एक बंगलादेशी र एक मलेसियाली नागरिकको पनि रक्सी सेवनबाट मृत्यु भएको छ ।

मलेसियास्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार १६ जना विरामी परेका छन् । विरामी परेका मध्ये १३ जना नेपाली कामदार रहेका छन् । उनीहरुको मलेसियाका तीन वटा सरकारी अस्पतालमा उपचार भइरहको छ । उनीहरुको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ । घटनाको थप विवरण लिइरहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस