रक्षामन्त्री इश्वर पोखरेलले गरे तराई/मधेश द्रुतमार्गको निरीक्षण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

रक्षामन्त्री इश्वर पोखरेलले गरे तराई/मधेश द्रुतमार्गको निरीक्षण


२ आश्विन २०७५, मंगलबार


काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले तराई/मधेश द्रुतमार्गको निरीषण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा पोखरेलले काठमाडौंदेखि निजगढसम्मको दु्रतमार्ग र प्रस्तावित सुरुङ मार्गहरुको हवाई र बेशक्याम्प लेनडाँडा इलाकाको स्थलगत निरीक्षण गरेका छन् ।

भ्रमणका क्रममा सडक निर्माण कार्यदलका आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्र बहादुर खाँणले आयोजनाको प्रगति बारे रक्षा मन्त्री पोखरेललाई जानकारी गराएका थिए ।

भ्रमणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव विष्णु प्रसाद लम्साल, भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसुदन अधिकारी लगायतको सहभागिता रहेको थियो । निरीक्षण भ्रमण सकेर टोली आजै काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस