काठमाडौंमा सामुहिक बलात्कार « प्रशासन
Logo १० जेष्ठ २०७९, मंगलबार
   

काठमाडौंमा सामुहिक बलात्कार


२ आश्विन २०७५, मंगलबार


जबर्जस्ती करणी

काठमाडौं । काठमाडौंमा २१ वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको छ । युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कालिमाटीस्थित महिला तथा बालबालिका सेलले बलात्कार आरोपमा नुवाकोट रालुकादेवी गाउँपालिका–९ घर भइ कलंकी बस्दै आएका ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिकास्थित मजुवा बस्दै आएका ३३ वर्षीय सूर्य राना र भिमढुङ्गा नर्सरीमा होटल सञ्चालक ४० वर्षीय रामकृष्ण नगरकोटीलार्इ पक्राउ गरेको हो ।

नागार्जुन नगरपालिका९७, हसनटारकी ती युवतीलाई नगरकोटीको होटलमा लगेर सामूहिक बलात्कार गरेकोे बताइएको छ । उनीहरुलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस