दुई देशका सशस्त्र बलद्वारा सीमास्तम्भ निरीक्षण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुई देशका सशस्त्र बलद्वारा सीमास्तम्भ निरीक्षण


२ आश्विन २०७५, मंगलबार


इलाम । इलामको नेपाल–भारत सीमा क्षेत्रका सीमास्तम्भ र सीमा सुरक्षा अवस्थाको बारेमा अध्ययनको काम सम्पन्न भएको छ ।

सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलामले नेपाल–भारत सीमा छुट्टयाउने सीमास्तम्भको अध्ययन सकेको हो । इलामको सन्दकपुर गाउँपालिका–४ स्थित सन्दकपुरदेखि रोङ गाउँपालिका–६ स्थित जर्मलेसम्म भारतसँग सीमा जोडिएको छ ।

सशस्त्र प्रहरीका निरीक्षक हरि रिमालको नेतृत्वमा खटिएको ३१ प्रहरी टोलीले पहिलो चरणमा सूर्योदय नगरपालिका–१ स्थित मानेभञ्ज्याङदेखि रोङ गाउँपालिका– ६ स्थित जिर्मलेसम्मको सीमा क्षेत्रको निरीक्षण र अध्ययन सम्पन्न गरको हो ।

इलामको सदरमुकामबाट भदौ २७ गतेबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रको सुरक्षा र सीमा स्तम्भको वस्तुस्थितको अध्ययन गरेर आज इलाम सदरमुकाम फर्किएको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलामका प्रहरी उपरीक्षक ९एसपी० विदुर खड्काले बताए ।

सीमास्तम्भको अध्ययनमा खटिएका सशस्त्र प्रहरी निरीक्षक हरि रिमालका अनुसार नेपाल भारत सीमा क्षेत्रका धेरैजसो सीमा स्तम्भ वरिपरि बाक्लो झाडी फैलिएका कारण भत्किँदै गएको र बाक्लो लेउले ढाकेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस