एसिया कप क्रिकेट : श्रीलङ्का प्रतियोगिताबाट बाहिर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एसिया कप क्रिकेट : श्रीलङ्का प्रतियोगिताबाट बाहिर


२ आश्विन २०७५, मंगलबार


काठमाडौं । अफगानिस्तानले एसिया कप क्रिकेटमा पाँच पटक च्याम्पियन भइसकेको श्रीलङ्का सोमबार ९१ रनले पराजित भएो छ । पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको श्रीलङ्का यो हारसँगै एसिया कप क्रिकेट प्रतियोगिताबाटै बाहिरिएको छ ।

युएईको शेख जाइद रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले संयमपूर्ण ब्याटिङ गरी सबै विकेट गुमाएर २४९ रन बनाएको थियो । श्रीलङ्काको पाली अफगानिस्तानी खेलाडीका अगाडि टिक्न सकेन । श्रीलङ्काले ४१।२ ओभरमा १५८ रन मात्र बनाएको थियो । श्रीलङ्कालाई धरासायी बनाउनेक्रममा अफगानिस्तानका खेलाडीहरु रसिद खानले २, मोहम्मद नबीले २ तथा मुजिबउर रहमानले २ विकेट लिएका थिए ।

अफगानिस्तानका लागि रहमत शाहले ७२ तथा इहसानुल्लाह जनतले ४५ रनको महत्वपूर्ण योगदान गरेका थिए । शनिबार मात्र बङ्गलादेशसँग श्रीलङ्का १३७ रनले पराजित भएको थियो । यो पराजयसँगै श्रीलङ्कामा राष्ट्रिय टोलीको तिब्र आलोचना भएको छ । मङ्गलबार भारत र हङकङबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस