सांस्कृतिक कार्यक्रममा नशालु पदार्थ सेवनपछि ७ को मृत्यु, ५ अचेत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सांस्कृतिक कार्यक्रममा नशालु पदार्थ सेवनपछि ७ को मृत्यु, ५ अचेत


२ आश्विन २०७५, मंगलबार


हनोइ । भियतनामको एक सांस्कृतिक कार्यक्रममा नशालु पदार्थ सेवन गरेपछि सात जनाको मृत्यु भएको छ भने पाँच जना अचेत अवस्थामा रहेका छन् ।

भियतनामको हनोइमा आइतबार राति अबेर भएको सांस्कृतिक कार्यक्रममा यस्तो घटना भएको सरकारी अधिकारीहरुले जनाएका छन् । घटनामा पिडित भएकाहरु सवै जना भियतनामकै नागरिक रहेका छन् । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ । ‘घटना के कारणले भयो र दोषी को को छन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ,’ प्रहरीका एक उच्च अधिकृतले बताए ।

मृत्यु भएका सवै २० देखि ३० बर्षका छन् भने अचेत अवस्थामा रहेका पाँच जना १८ देखि ३० बर्ष उमेर समूहका हुन् । अचेत अवस्थामा रहेकाको हनोइ अस्पतालमा उपचार भइरहेको छ ।(रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस