फरार उभियुक्त पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

फरार उभियुक्त पक्राउ


२ आश्विन २०७५, मंगलबार


पक्राउ

काठमाडौं । ज्यान मार्ने उदेश्यले कुटपिट गरी फरार भएका दुई अभियुक्त काठमाडौंबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार मोरङको केराबारी गाउँपालिका – ३ का ३३ वर्षीय अर्जुन गुरुङलाई गत साउन १६ गते ज्यान मार्ने उदेश्यले कुटपिट गरी फरार रहेका दुई जनालाई काठमाडौंको चुचेपाटीबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मोरङ केराबारी – १० का २९ वर्षीय निराकार मगर र सोही ठाउँका २६ वर्षीय सन्देश तामाङ रहेका छन् । पक्राउ परेका उनीहरु दुर्बजनालाई मोरङ पठाइने महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

दुवै जना ज्यान मार्ने उद्योगमा पक्राउ परेपछि फरार रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस