नमिता बरालको गजलसंग्रह आँगन बिमोचन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नमिता बरालको गजलसंग्रह आँगन बिमोचन


१ आश्विन २०७५, सोमबार


कोहलपुर । नवोदित गजलकार नमिता बरालको प्रथम कृति आँगन शनिबार एक कार्यक्रमबीच सार्वजनिक भएको छ । हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आयोजना गरेको कार्यक्रममा साहित्यकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले गजलसंग्रह आँगनको विमोचन गरेका हुन् ।

साहित्यकार नमिता बरालले गजल मात्र नभइ कबिता, मुक्तकमा पनि कलम चलाउदै आएकी छन् । लामो समयको संघर्ष पश्चात् आँगन गजलसंग्रह तयार भएको उनले बताइन् । गजल संग्रह भित्र सिङ्गो देश, समाज, परिवेश र पीडाहरु बोलेका गजलहरु समावेश गरिएको उनले बताइन् । कोहलपुरको होटल वेस्टर्न रिभर साइडमा प्रतिष्ठानद्वारा आयोजित स्रस्टा सम्मान तथा कृति विमोचन समारोहमा साहित्यकार विश्वप्रेम अधिकारीलाई तुलसी राम स्मृती पुरस्कार– २०७४ बाट सम्मानित समेत गरिएको थियो ।

पाँच दर्जन भन्दा बढी रचना बाचन गरिएको उक्त कार्यक्रममा हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठानका सचिब पुष्कर रिजाल, सल्लाहकार सागर गैरे तथा साहित्यकार ऋचा लुइँटेलले पुस्तक समिक्षा गरेका थिए भने कार्यक्रम संचालन साहित्यकार कपिल अञ्जानले गरेका थिए ।
शिखा बुक्स, काठमाडौंबाट प्रकाशित आँगनमा ८८ गजलहरू संग्रहित छन् ।

प्रतिक्रिया दिनुहोस