दुर्घटनामा एक जनाको मृत्यु « प्रशासन
Logo १० जेष्ठ २०७९, मंगलबार
   

दुर्घटनामा एक जनाको मृत्यु


१ आश्विन २०७५, सोमबार


ओखलढुङ्गा । उदयपुरको घुर्मीमा जीप दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । एक विदेशी नागरिकसहित आठ जना घाइते भएका छन् ।

विदेशी नागरिक हुलेस सेभेलको घटनास्थलमै मृत्यु भएको घुर्मीका ट्राफिक इञ्चार्ज रामकुमार साहले जानकारी दिए । उनी कुन देशको नागरिक भन्ने खुल्न सकेको छैन ।

काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको ना१ज ७९६९ नं को जीप उदयपुरको कटारी नगरपालिका– १४ घुर्मी बजार नजिक दुर्घटना भएको हो । जीप सडकबाट करीब एक सय मिटर तल खसेको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । दुवै जनालाई उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस