दक्षिण सुडानमा नेपाली सेनाका जवान गोली लागेर घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दक्षिण सुडानमा नेपाली सेनाका जवान गोली लागेर घाइते


१ आश्विन २०७५, सोमबार


काठमाडौं । शान्ति सेनाका रूपमा दक्षिण सुडानमा खटिएका नेपाली सेनाका एक जवान गोली लागेर घाइते भएका छन् ।

युएनमिस मिसनअन्तर्गत सिद्धिबक्सका गण (शान्ति सेना चौथो डफ्फा)मा कार्यरत जवान गोली लागेर घाइते भएका हुन् । घाइते भएका जवानको नाम भने खुलाइएको छैन ।

गत शनिबार दक्षिणी सुडानको वाइइआईस्थित नेपाली सेनाको कम्पनी अपरेटिङ बेसबाट पानी ढुवानी गर्न गएको पेट्रोल फर्कने क्रममा ती जवानलाई गोली लागेको नेपाली

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको प्रेस नोटमा उल्लेख छ । ती जवानको खुट्टाको एन्कलमा गोली लागेको नेपाली सेनाले जनाएको छ ।

ती जवानको राजधानी जुवामा स्थानान्तरण गरी उपचार भइरहेको र घाइते खतरामुक्त भएको प्रेस नोटमा जनाइएको छ ।

दक्षिण सुडानको पिपुल्स लिबरेसन आर्मीका जवानले गोली चलाएको बुझिन आएको प्रेस नोटमा उल्लेख छ ।

हेर्नुस् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस