२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोस्रो ‘सगरमाथा फ्रेन्डसिप’ सैन्य अभ्यासका लागि नेपाली सेना चीन जाँदै

अ+ अ-

काठमाडौं । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सेप्टेम्बर १७ देखि २८ तारिखसम्म हुने संयुक्त सैन्य अभ्यासका लागि नेपाली सेना आज चीन जाँदैछ ।

गत वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करण दक्षिण पश्चिमी चीनको सिचुवान प्रान्तको राजधानी छेङ्दुमा हुन लागेको हो ।

१२ दिनसम्म चल्ने उक्त संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा १६ जना सैनिक अधिकारीको सहभागिता हुने छन् ।

संयुक्त सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला, विपद व्यवस्थापनलगायत विषयमा केन्द्रित हुने छ। यसअघि नै तय भईसकेको संयुक्त सैन्य अभ्यासका लागि नेपाली सेनाले तयारी अघि बढाएको टोली बिहान साढे ११ बजे सिंचुवान प्रस्थान गर्ने सैनिक प्रवक्त्ता गोकुल भण्डारीले बताएका छन् ।

आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौती लगाएत विषयमा गत वर्ष वैशाख ३ देखि १२ गतेसम्म महाराजगन्जस्थित विशेष बाहिनीमा संचालन भएको पहिलो संयुक्त सैन्य अभ्यासका लागि चिनियाँ जनमुक्ति सेनाका कर्नेल याङ सुमेङको नेतृत्वमा २२ सदस्यीय टोली नेपाल आएको थियो ।

भारतीय सेनासँग हरेक वर्ष सैन्य अभ्यास गर्दै आएको नेपाली सेनाले अमेरिकी सेनासँग समेत संयुक्त्त सैन्य अभ्यास गर्दै आएको छ । वहुराष्ट्रिय अभ्यासका माध्यमबाट सैन्य कूटनीति तथा सम्बन्ध सुदृढ र मजबुद हुने सैनिकविद्हरुको भनाई रहेको छ ।