साउदी अरबमा काम गर्नेको न्यूनतम तलब १३ सय रियाल निर्धारण « प्रशासन

साउदी अरबमा काम गर्नेको न्यूनतम तलब १३ सय रियाल निर्धारण


प्रकाशित मिति : ३१ भाद्र २०७५, आईतवार १५:५२

काठमाडौं । अब साउदी अरबमा काम गर्न जाने नेपालिले न्यूनतम मासिक तलब करिव ३९ हजार रुपैयाँ पाउने छन् ।

नेपाल सरकारले साउदी अरबका लागि १३ सय रियाल अर्थात ३९ हजार रुपैयाँ नेपाली न्यूनतम तलब निर्धारण गरेको हो ।

रोजगारदाता कम्पनीले नेपाली कामदार लैजानुपरे न्यूनतम तलब एक हजार रियाल र खाना वापत ३ सय गरी १३ सय रियाल तलव दिनुपर्ने व्यवस्था गरेको हो ।

श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठ्कले कामदारको न्यूनतम तलब तोकेको हो ।

प्रतिक्रिया दिनुहोस