प्रहरी घुस काण्ड : कोटेश्वर र काँडाघारीका प्रमुख फेरिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरी घुस काण्ड : कोटेश्वर र काँडाघारीका प्रमुख फेरिए


३१ भाद्र २०७५, आइतबार


काठमाडौं । घुस प्रकरणपछि कोटेश्वर र काँडाघारी प्रहरी प्रभागका प्रहरी टोली फेरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्ट्रिङ अपरेशनमा एकैदिन ९ जना प्रहरी अधिकारी घुससहित पक्राउ गरिएपछि प्रहरी प्रधान कार्यालयले कोटेश्वर र काँडाघारी प्रभागको नेतृत्व परिवर्तन गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापाका अनुसार कोटेश्वर प्रहरी प्रभागको नेतृत्व प्रहरी निरीक्षक एलिजा गिरीलाई दिइएको छ भने काँडाघारी प्रभागको नेतृत्व इन्स्पेक्टर सुधिर राईलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस