रसुवागढी जलविद्युत आयोजनाको सुरुङमार्गमा पहिरो, दुईको मृत्यु, नौ घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रसुवागढी जलविद्युत आयोजनाको सुरुङमार्गमा पहिरो, दुईको मृत्यु, नौ घाइते


३१ भाद्र २०७५, आइतबार


रसुवा । रसुवागढी जलविद्युत आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरो गएको छ । निर्माणधिन १११ मेगावाट क्षमताको रसुवागढी आयोजनाको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

शनिबार रातिको पहिरोमा परी मकवानपुरको हेटौंडा नगरपालिका- ११ का २२ वर्षीय रमेश कप्तौलाको घटनास्थलमै मृत्यु भएको हो भने रुकुम भूमे गाउँपालिका  -९का ५० वर्षीय भीम रोकाको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको सीमा प्रहरीचौकी टिमुरेले जनाएको छ ।

आयोजनाको सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी सी.डब्लू. ईमार्फत रात्रिकालिन काम गर्न सुरुङभित्र जाने क्रममा टिप्परमाथि ढुङ्गा खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनामा नौ जना घाइते भएका छन् । गम्भीर घाइते हुनेमा चिनियाँ नागरिक एमआर इथ्यो, रुकुम भूमे गाउँपालिका–२ का ३० वर्षीय टेकमान बुढा, सोही ठाउँका जगदिश रोका र कृष्णपुर नगरपालिका–१ का ३० वर्षीय प्रकाश भट्ट रहेका छन्।

त्यसैगरी घाइते हुनेमा रोल्पाको थवाङ गाउँपालिका–२ का २९ वर्षीय देउ बहादुर बुढा, सुर्खेतको घुमखोर गाउँपालिका–१० का २५ वर्षीय लोक बहादुर घर्ती मगर, रोल्पाको नेवाङ गाउँपालिका–२ का २९ वर्षीय जमिन्द्र रोका, सल्यानको बाघचौर नगरपालिका–९ का ३० वर्षीय कमल शाही र रुकुमको खावाङ गाउँपालिका–२ का २१ वर्षीय मनोज पुन रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते चार जनालाई उपचारका लागि काठमाडौं लगिएको र अन्य पाँच जनाको चिनियाँ कम्पनी सी.डब्लू.ई टिमुरेस्थित मेडिकल क्यम्पमा उपचार भइरहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस