विश्वकर्मा उदयपुर प्रहरीमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विश्वकर्मा उदयपुर प्रहरीमा


३१ भाद्र २०७५, आइतबार


प्रकाण्ड-विप्लव

गाईघाट । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई काठमाडौंबाट उदयपुर प्रहरीमा पुर्‍याइएको छ ।

नेता विश्वकर्मालाई शनिबार उदयपुर पुर्‍याइएको प्रहरीले जनाएको छ ।

उनलाई बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भएको बताइएको छ ।

यसअघि आधा दर्जन पार्टीका नेतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस