मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी कोरिया उडे « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी कोरिया उडे


३१ भाद्र २०७५, आइतबार


खिलराज रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी शनिबार दक्षिण कोरियाको राजधानी सियोल प्रस्थान गरेका छन्।

कोरियाली हेभेन्ली कल्चरल वल्ड पिस, रेस्टोरेशन अफ लाइटले आयोजना गरेको चौंथो वार्षिक सम्मेलनमा भाग लिन उनी कोरिया उडेको प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए।

यही असोज १ देखि ३ गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा पूर्वअध्यक्ष रेग्मीले सम्बोधन गर्नुका साथै नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। रासस

प्रतिक्रिया दिनुहोस