दुई बस ठोक्किँदा सुर्खेतमा ४३ घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दुई बस ठोक्किँदा सुर्खेतमा ४३ घाइते


३० भाद्र २०७५, शनिबार


सुर्खेत । रत्न राजमार्गअन्तर्गत सुर्खेत–नेपालगञ्ज सडकखण्डको ठूलो बिउरेनीमा दुई बस एकआपसमा ठोक्किँदा ४३ यात्रु घाइते भएका छन् ।

नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको बा३ख ६२१२ र सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना४ख ७०२४ नं. को यात्रुबाहक बस आज दिउँसो सुर्खेतको सुब्बाकुना नजिक बिउरेनी मोडमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

बस ठोक्किँदा घाइते भएका सबैको वीरेन्द्रनगरस्थित माया नर्सिङ होम र देउती अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी प्रमुख वसन्त रजौरेले बताए । दुवै बस तीव्र गतिमा भएका कारण घटना भएको हुनसक्ने उनले बताए ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज (प्रहरी निरीक्षक) हरि बिसीले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जानकारी दिए । प्रहरी निरीक्षक बिसीका अनुसार गम्भीर घाइते बिरामीको नाम, वतन आउन बाँकी रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस