सोच र क्षमतामा बादल लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सोच र क्षमतामा बादल लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र ?


३० भाद्र २०७५, शनिबार


कर्मचारी

काठमाडौ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधिसभा बैठकको सुन्य समयमा बोल्दै सोच र क्षमता दुवैमा बादल लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र ? भन्दै प्रश्न गरेका छन् ।

आजको सुन्य समयमा एक मिनेट ५२ सेकेन्ड बोलेका थापाले उक्त आरोप लगायका हुन् ।

यस्तो छ थापाको सम्बोधन
‘ठूलामाछा पक्रनु भएन हामी बोलेनौ, कामचोर व्यवसायीलाई कानुन नबनाई पक्रनु भयो, छाडनुभयो हामी बोलेनौ, डा. भोजराजलाई ट्रमा सेन्टरबाट उठाउनु भयो हामी बोलेनौ, लेनिन विष्टलाई विमानस्थलमा रोक्नुभयो, पत्रकार राजु बस्नेत र सम्भु श्रेष्ठलाई प्रहरी लगाउनु भयोे हामी बोलेनौ हामीलाई लाग्यो गृहमन्त्री बादत मान्छे त ठिकै हो क्षमतामा मात्र केही बादल लागेको हो’, उनले भने, ‘तर हिजो हामी बोल्यौ अनि मन्त्री ज्यु पनि बोल्नु भयो, अनि थाहा पायौ, युद्ध वा शान्ति दुवैको नियमसँग नमिल्ने गरी आफ्नै हिरासतमा राममनोहर यादव मारिँदा अनि निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीहरूलाई आफ्नै संयन्त्रहरू जोगाउन लागिरहँदा ग्लानी बोध नभएको गृहमन्त्रीको क्षमतामा मात्र होइन रहेछ बादल लागेको बादल त गृहमन्त्रीजीको सोचमै लागेको रहेछ । सभामूख महोदय, सोच र क्षमता दुवै बादल लागेको गृहमन्त्री बादल हामीलाई चाहिन्छ र ?’

प्रतिक्रिया दिनुहोस