गजल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गजल


३० भाद्र २०७५, शनिबार


नछुट्ने सर्त थियो र पनि आखिरमा पुग्यो
हेर्दाहेर्दै पराइको सिंदुर तिम्रो शिरमा पुग्यो

एक जोडी भगवान बृद्धा आश्रममा राखेर
आशिष माग्न अन्धभक्त मन्दिरमा पुग्यो

उसैका बा आमा नाकाबन्दीमा भोकले मरे
जसको छोरो बन्दुक बोकेर काश्मीरमा पुग्यो

नजरसँग नजर के ठोकिँएको थियो यार
आँखाको बाटो हुँदै असर सिङ्गो शरीरमा पुग्यो

खुट्टा तान्न सुरु र्गयो हात तान्दै गरेको साथिले
जब अप्ठ्यारो आयो यात्रा भीरमा पुग्यो

Tags :
प्रतिक्रिया दिनुहोस