२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलोचोटी सात लाख रुपैयाँ रोयल्टी बुझेको थिएँ

अ+ अ-

देउडा गायनमा दीपेन्द्रप्रसाद दाहालको नाम अग्रस्थानमा आउँछ । उनले झन्डै दुई सय देउडा गीतमा स्वर भरिसकेका छन् । उनी डोटी, आदर्श गाउँपालिका–७, जन्मिएका हुन् । उनी पछिल्लो समय देउडा गायनमा त्यति सक्रिय देखिँदैनन् । उनीसँग देउडा गीत र यसको सेरोफेरोमा रही प्रशासन डट कमले गरेको कुराकानी ।

कहिलेदेखि गाउन थाल्नुभयो ?
२०५३ साददेखि ।

अहिले तपाईँको गीत सङ्गीतमा सक्रियता घटेको हो ?
छैन । धेरै गरेको छैन । वर्षको एक–दुई ओटा कोसेली बजारमा ल्याउने गरेको छु । कहिले ठाडी भाका गाउँछु त कहिले दोहोरी । यसपालि फरक खालको गीत गाएको छु ।

स्टेजमा जाने खालका दुई गीत एउटा जुनकारी, एउटा सुदूरको ऐतिहासिक रूपमा जाने गीत बनाएको छु खप्तडकी रानीचडी जस्तै सुदूरका सम्पूर्ण जिल्लालाई टच गर्ने किसिमको गीत मन शीतल हुन्छ रे भन्छन् छायामा बनाएको छु । केही दिनपछि त्यसको भिडियो सार्वजनिक गर्नेछु ।

तपाईँले गाएका गीतहरू के–के हुन् ?
धेरै छन् । सुरुमा मैले भौगोलिक गीत गाए, डोटी जिल्लाको सन्दर्भमा । गीतको बोल थियो– ‘मेरा प्यारा डोटी जिल्ला…।’ ‘बाज कली’ नामक गीति एल्बममा उक्त गीत समावेश थियो । त्यो गीतले डोटी जिल्लाका भौगोलिक वातावरणलाई दर्साएको थियो । त्यो गीत राम्रो चल्यो पनि ।

त्यसपछि प्राकृतिक सौन्दर्य झल्कनेसँगै माया–पिरतीका गीतहरू पनि गाएँ ।

सबैभन्दा बढी चलेको गीत कुन हो ?
‘खप्तडकी रानीचडी’ बोलको गीतले मलाई देउडा गायकका रूपमा चिनायो ।

त्यो गीतको रचनाबारे केही भनिदिनुस् न ?
त्यो गीतको रचना र भाका सङ्कलन मैले नै गरेको थिएँ ।

गीतको नामाकरण ‘खप्तडकी रानीचडी’ राख्नुको कारण ?
२०५६ सालतिर खप्तडलाई पर्यटकीय क्षेत्र बनाउनुपर्छ भनेर जिल्लामा व्यापक बहस सुरु भएको थियो । सोही पुस २७ गते जिल्ला परिषद्मा गीत गाउने निम्तो आएको थियो । त्यहाँ गीत गाउने क्रममा यसको भाका फुरेको हो ।

त्यसपछि म काठमाडौँ आएँ । एक दिन बाग्मती पुलनिर बसिरहेका बेला त्यहाँ युवायुवती गफिरहेका थिए । तीमध्ये एकले आफ्नो प्रेमी विदेशमा रहेको कुरा गरिरहेका थिए । तीनै युवतीको कथालाई गीत बनाउने निर्णय गरेँ । त्यसै दिन गीतको एक हरफ पनि फुर्‍यो। ‘फुल फुली ढकमक्क भइगन्या का छै फुलका माली, हौस्या दिन गइजान लाग्या जोबन रइग्यो खाली ।’ गीतमा ती युवतीलाई मैले ‘फुल’ बनाएँ ।

त्यसपछि मैले कोठामा पुगेर गीत लेखेँ । र, गीत आदरणीय दाइ नारायण रायमाझीलाई देखाएँ । उहाँको रिमा स्टुडियो थियो । उहाँले गीत राम्रो रहेको र भाका सुनाउन भन्नुभयो । मैले भाका सुनाएपछि उहाँले रेकर्ड गर्ने सल्लाह दिनुभयो । दोस्रो दिन गीत रेकर्ड पनि भयो । त्यही गीतले मलाई देउडा गायकमा स्थापित बन्न सहयोग गरेको हो ।

त्यो गीतबाट लगानी लगायतका कुरामा अपेक्षित प्रतिफल हासिल गर्नुभयो कि भएन ?
यो गीतबाट मैले नाम मात्रै होइन, दाम पनि पाएँ । त्यतिखेर रोयल्टी आउँथ्यो । अरूभन्दा मैले त्यो गीतबाट धेरै रोयल्टी पाएँ । आम्दानी पनि भएको हो त्यसबाट ।

कति रोयल्टी पाउनुभयो ?
मैले पहिलो चोटि सात लाख रुपैयाँ बुझेको थिएँ । त्यसपछि कहिले पाँच हजार कहिले दश हजार गरेर काठमाडौँ आउने जाने खर्च चलिरह्यो ।

त्यसपछि गीत गाएर आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो होला नि हैन ?
हजुर

अहिलेको के छ अवस्था ?
युट्युबबाट राम्रो कमाई छ भन्छन् । भ्युजबाट के कति आउँछ रे भन्ने सुनेको छु । मैले त भर्खरै एक–दुई ओटा भिडियो युट्युबमा अपलोड गरेको छु । त्यतिखेर पनि म भिडियो बनाउँथेँ । त्यतिखेर नारायण दाइले यो गीतको भिडियो म बनाइदिन्छु भन्नुभएको थियो । मैले उहाँलाई जबसम्म म खप्तड जाँदैन त्यो बेलासम्म यो गीतको भिडियो गर्दैन । जबसम्म यो गीतको भिडियो गर्दैन तबसम्म अरू गीतको भिडियो पनि गर्दैन भनेको थिएँ । बल्ल यो पाली मैले खप्तड जाने मौका पाए त्यो गीतलाई त्यही छायाङ्कन गराएर युट्युबमा अपलोड गरेको हुँ । भ्युज के कति छ पैसा आउँछ भन्छन् त्यो पैसा हातमा आइसकेपछि मात्र विश्वास गर्ने कुरा हो । अहिले आउँछ भनेर विश्वस्त म छैन ।

गीत गाएरै जीवन निर्वाह गर्न सकिने अवस्था छ, के लाग्छ यहाँलाई ?
म त त्यसलाई मान्दैन । किनभने बाँच्नको लागि केही गर्नै पर्छ । गायनलाई पेसाभन्दा पनि साइडमा लिने कुरा हो । म त रहरको रूपमा लिन्छु यसलाई । त्यसमा धेरै नाफा पनि छैन । जीवनयापन गर्न गाह्रो पनि छ । लगानी लगाएर धेरै कलाकारहरू समस्यामा पनि परेका छन् । गाएर मात्रै जीविकोपार्जन हुन्छ भन्ने पक्षमा म छैन ।

नेपालमा गायन क्षेत्र राम्रो हुँदै गएको छ भनेर उत्साहित हुनेहरू पनि त छन् नि ?
छन् । यस अर्थमा छन् कि स्टेज पाउनुप¥यो । सबै कलाकारले त स्टेज पाउँदैनन् नि । देश–विदेशमा जान सक्ने त्यस्तो किसिमको गीतहरू जसको आएको छ, तिनले पाएका छन् । न्यून मात्रामा पाएका छन् । केही साथीहरूले यसलाई पेसाको रूपमा लिए पनि अधिकांश रूपमा त छैनन् नि । त्यस अर्थमा म भन्छु कि यो पेसाबाट जीविकोपार्जन हुन सक्दैन ।

गीतसँगितमै लागेर सफल हुने सम्भावना कतिको देख्नुहुन्छ ?
भइरहेका छन् । जस्तो: कुनै एउटा परीक्षामा सबै व्यक्ति फस्ट त हुँदैनन् नि । एउटै व्यक्ति हुने हो । तर, सबैभन्दा बढी नम्बर ल्याउने आशा त प्रायः सबैको हुन्छ नि ।

त्यस्तै हो सबै क्षेत्रमा । कुनै पनि क्षेत्रमा सक्रिय सबै व्यक्ति सफल हुन सक्दैनन् । उनीहरू सफल हुन बढी चर्चामा आउनुप¥यो । पब्लिकलाई पनि रिझाउनु पर्‍यो । डिमान्ड पनि त्यत्तिकै हुनुपर्‍यो ।

त्यस अर्थमा जाँदै गर्‍यो भने जीविकोपार्जनका रूपमा लिन सकिन्छ । म सानै छँदा पनि रामकृष्ण ढकालका गीत सुन्थे र गाउँथे । उहाँको पहिला राम्रो थियो । अहिले छैन । अहिले उहाँले गायनलाई पेसा बनाएर भएन । जीविकोपार्जन गर्नका लागि केही त गर्नुप¥यो । अहिले सुनिन्छ– बराक ओबामा पनि काम गर्छन् भनेर । आफ्नो परिवारलाई बचाउन उनी प्राइभेट कम्पनीमा काम गर्छन्, फेसबुकमा आउँछ । आखिर मान्छेलाई काम चाहिँदो रहेछ नि । राष्ट्रपति भइसक्या मान्छे सबै पुगेकै होला । तर पनि काम गर्नुहुन्छ । एक चोटि कुनै मान्छे माथि उठ्यो र त्यो सधैँका लागि पुग्छ भन्ने छैन । केही न केही व्यवसाय निरन्तर गर्नुपर्‍यो ।

पछिल्लो समयमा लोक साहित्य देउडाको अवस्था के छ ?
ठिक छ, परिमार्जन भएको छ । धेरैले भन्छन्– देउडा र सुदूर पश्चिमेली संस्कृति लोप भयो । तर, मलाई के लाग्छ भने त्यो मान्छेको भावनाबाट मात्रै लोप भएको हो । किनभने संस्कृति र संस्कार कहिले पनि हराउँदैन ।

त्यो संस्कारमा त हामी छौँ । देउडा भनेको मेला पर्वमा गोलबद्ध भएर खेलिने खेल हो, गौरा पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा देउडा खेलिन्छ । त्यो हाम्रो संस्कार हो । यदि देउडा विलीन भएको भए यो कहाँबाट हुन्थ्यो ?

अहिले देउडा परिमार्जन भएको छ । पहिलेको हुँबहुँ आउँदैन । कहिँकतै समाजले नपचाउने शब्द पनि देउडामा खेलमा प्रयोग हुने गरेको पाइएको छ । नृत्यमा पनि त्यस्तै छ, कोही नाङ्गो नाचेका छन् भने कोही सेफ भएर । संस्कार त छ नि । केही कुसंस्कारभित्र पर्ने कुराहरू भित्रिन थाले, त्यसले गर्दा लोप भयो । लोप हुँदैछ भन्ने कुरा मात्रै हो । संस्कृति–संस्कार कहिले पनि लोप हुँदैन । हाम्रा पाटी पौवा यथार्थ छन् । मठ मन्दिर यथावत् छन् । हामी जुन दिनमा जुन पर्व मनाउँछौँ, मनाएकै छौँ । त्यो हाम्रो संस्कार÷संस्कृति हो नि । गीतै मात्र संस्कार र संस्कृति होइन । हाम्रो गीतै मात्र संस्कृति हो भन्ने जुन ध्येय छ नि त्यो मान्ने पक्षमा म छैन । त्यसको जगेर्ना गर्ने, त्यसलाई फलाउने/फुलाउने काम हामीहरूको हो ।

पछिल्लो पुस्ताले अँगाल्न नसकेकाले देउडा लोप हुँदै जाने हो कि भन्ने चिन्ता पनि त छ नि, हैन र ?
त्यो हो । त्यो यस अर्थमा भन्न सकिन्छ । तर, देउडा खेल मात्रै सुदूपश्चिमेली लोक देउडा होइन नि त । फास्ट गीतहरू छन् । ठाडी गीतहरू छन् । फास्ट गीतहरूमा सबैले बुझ्न तथा सुन्न सक्ने शब्दहरू राखेर त्यसलाई परिमार्जन गर्नु लोप हुनु होइन । तर, त्यो भाषा हराउनुभएन ।

देउडा संरक्षणको लागि के भइदियो भने राम्रो हुन्छ जस्तो लाग्छ यहाँलाई ?
राज्य पक्ष यसको संरक्षणमा केन्द्रित भइदिएको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ । मेहेनत गरेका छन् । गाएका छन् । रमाएका छन् । आफ्नो दुःख पनि व्यक्त गरेका छन् । तर, राज्य पक्षले यसलाई विशेष रूपले हेरिदिएको भए अझै त्यो माथि उठ्थ्यो । कलाकार पनि माथि उठ्थे । संस्कार–संस्कृति पनि माथि उठ्थ्यो ।

मुलुक संघीयतामा गएको छ । यसको संरक्षण तथा संवर्द्धनमा स्थानीय सरकारले सक्रियता देखाउँछ भन्नेमा कतिको आशावादी हुनुहुन्छ ?
खै गर्छ कि गर्दैन । अहिले कुनै सङ्केत देखा परेको जस्तो लाग्दैन मलाई ।

कला क्षेत्रको विकासका लागि प्रदेश सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
कुनै कार्यक्रममा हामी सम्मिलित भयौँ भने राज्यको नेतृत्व संघ सङ्गठनको नेतृत्व गर्नेको मुखबाट कलाकार राष्ट्रका गहना हुन् भन्ने सुनिन्छ । कलाकार त गहना मात्रै होइनन् नि । गहना त त्यो हो जो आवश्यक परेपछि लगाइन्छ । नत्र भित्र राखिन्छ । आवश्यक पर्‍यो खर्चको खाँचो पर्‍यो भने बैङ्कमा राखिन्छ । बैङ्कले पनि भएन भने त्यो बेचिन्छ । कलाकार त्यो गहना त होइन नि । कलाकार राज्यको एउटा अङ्ग हुनुपर्छ । यो पनि एउटा देश विकासको लागि पक्ष हो । यसरी लिनुपर्छ । यसरी लिएको जस्तो मलाई लाग्दैन । यो देखियोस् भन्न चाहन्छु ।

भनेपछि अहिलेसम्म भनिँदै आएको परिभाषा नै गलत छ त ?
यो देशको एउटा प्रवृत्ति चुनाव आउँछ, कलाकार कुन दुलोमा लुकेको छ । खोजेर ल्याउँछन् । आफ्नो स्वार्थको लागि जनमानसमा जाँदा कलाकार हुँदा ग्यादरिङ हुने भयो नि त । जब जित्छ अनि त्यसले त्यो कलाकारलाई चिन्न छोड्छ । आवश्यक परेको बेला मात्रै कलाकार राष्ट्रका गहना हुन् भनिन्छ । अघि पछि छैन ।

छ, नभएको होइन । पर्यटनतिर छ यावत कुराहरू छ । तर, यही भारतको कुरा गर्ने हो भने खेलाडी र कलाकारलाई भगवान् जस्तै मान्छन् । यहाँ छैन । यहाँ न कलाकारको महत्त्व छ न त खेलाडीको ।
राष्ट्रको पहिचान भनेको त यो गहना हो नि । तर, यहाँ त्यस्तो छ जस्तो मलाई लाग्दैन । खैर, मैले नबुझेको हो कि ?

अन्त्यमा तपाईँलाई भन्न लागेको कुरा केही छ ?
म एउटा कलाकार हुँ । पब्लिकले माया गरिदिएको छ । सबैले गीत सुनिइदिनुभएको छ । यही माया निरन्तर रही रहोस् । प्रोत्साहन गर्ने मान्छे पाएको छु । फेरि पनि म गीत ल्याउनेछु । यसमा थप माया गरिदिनु हुनेछ भन्ने विश्वास लिएको छु । भर्खरै मात्रै मैले ‘जुनकारी’ बोलको गीत बजारमा ल्याएको छु । युट्युबमा राखेको छु, त्यसलाई पनि हेरेर सस्सक्राइब गरिदिनुहोला भन्न चाहन्छु ।