बालश्रमिक नभएको घरमा हरियो झन्डा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बालश्रमिक नभएको घरमा हरियो झन्डा


२९ भाद्र २०७५, शुक्रबार


बालश्रमिक

डोटी । नगर क्षेत्रभित्र बालश्रमिकहरुको सङ्ख्या बढ्दै गएपछि दिपायल सिलगढी नगरपालिकाले बालश्रमिक नभएको घरमा हरियो झन्डा गाड्ने अभियानको थालनी गरेको छ ।

आज नगरपालिकाले पत्रकार सम्मेलन गरी बालश्रमिक नभएका घरमा हरियो झन्डा गाड्ने, श्रमिक राख्ने परिवारको तिन पुस्ते सञ्चार माध्ययममा प्रकाशन गर्ने, नगरपालिकाले प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित गर्ने लगायतका निर्णयहरू सार्वजनिक गरी बालश्रमिक नभएको घरमा हरियो झन्डा गाडी अभियान सुरुवात गरिएको दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश चन्द जोशीले जानकारी दिए ।

“बालबालिकाको वृद्धि र विकास रोकिने गरी काममा लगाउनेहरूलाई कारबाहीका दायरामा ल्याउनु जरुरी देखिन्छ” प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्माले भने, ‘त्यसका लागि क्षतिपूर्ति सहित बालश्रमिक मुक्त गर्नु पर्ने कानुन बनाउने तयारी गर्दैछौं ।’ उनले भने ‘बालश्रमिक राख्नेहरूबाट असुल गरेको क्षतिपूर्तिले तिनै बालबालिकाहरूलाई अध्ययन गराउने व्यवस्था मिलाइनेछ ।’

श्रमिक बालबालिकाहरूको अवस्था अध्ययन गर्न र नगरपालिकालाई बालश्रम मुक्त बनाउन आवश्यक मापदण्ड तयार गर्न नगर उपप्रमुख शिवराज खड्काको संयोजकत्वमा एक कार्यदल समेत गठन गरेको गरिएको थियो । कार्य दलले बालश्रमिक राख्ने व्यक्ति, परिवार, उद्योग, कम्पनी, फार्म सँगको छलफल अध्ययन गरी प्रतिवेदन पश्चात् अभियानको थालनी गरिएको हो । प्रतिवेदनमा बालश्रमिक राख्ने कर्मचारीहरूको हकमा नगरपालिकाबाट दिने सेवा सुविधाहरू रोक्का गर्नु पर्ने गरी मापदण्ड समेत तयार गरिरहेको छ ।

‘दिपायल सिलगढी नगरपालिकालाई नमुना नगर बनाउनको लागि हामीले धेरै गफ मात्रै ग¥यौं, अव गफ होइन काम गर्नु पर्छ’ भनेर अभियानको थालनी गरिएको नगर प्रमुख मञ्जु मलासीले बताइन । उनले भनिन हामीले अभियानको थालनी वडा नम्बर ६ बाट सुरुवात गर्‍यौ अभियान नगरपालिका भित्र सबै बडाहरूमा सुरुवात हुन्छ अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताइन् ।

नगरपालिकाले बालश्रम मुक्त नगर बनाउनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । प्रतिवेदन अनुसार वडा नम्बर ४, ६ र ९ मा मात्र प्रारम्भिक अध्ययनले देखाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस